झुलाघाट नाका आजदेखि पूर्ण रुपमा सञ्चालन

दार्चुला । बैतडीको झुलाघाट नाका आजदेखि पूर्ण रुपमा  सञ्चालनमा आएको छ । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो।

झुलाघाट पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजबाट पूर्ण रुपमा आवागमन सुचारु भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ।

भारतीय पक्षले पुल मर्मतसम्भारको काम पुरा गरिसकेकाले आजदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?