गेटा अस्पतालबाट आजदेखि ओपीडि सहितको सेवा सुरु, पहिलो दिन १८ बिरामीको उपचार

दार्चुला । कैलालीको गेटा अस्पताल सञ्चालनमा आएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सय शय्या क्षमताको अस्पताल आज बुधवारदेखि सञ्चालनमा आएको हो।

अस्पतालका निर्देशक प्रमोद जोशीका अनुसार बुधवार पहिलो दिन १८ जना विभिन्न रोगका बिरामीले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध गरिएको छ।

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?