दार्चुला । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । आज बिहीबार जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ बङगाबगरमा जिप र मोटरसाइकल एकआपसमा ठोकिएका हुन् ।

प्रहरीका अनुसार दार्चुलाबाट महेन्द्रनगरतर्फ गइरहेको से १ ज १११० नम्बरको जिप र पञ्ज्युनयाँबाट गोकुलेश्वर आइरहेको सुपप्र ०१००९ प १७३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दोगडाकेदार गाउँपालिका—६ पञ्ज्युनयाँका २३ वर्षीय नरेन्द्र भण्डारी सामान्य घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने जिपमा सवार ३ जना सकुशल रहेका छन् । दुवै सवारी साधनमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?