दार्चुला । नेपाल एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपमा समूह चरणमा तीनवटै खेलमा विशाल जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

आज भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ३०१ रनको जित निकाल्यो । ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए । एकपक्षीय खेलमा कुनै पनि क्षण साउदीअरबले नेपाललाई चुनौति दिन सकेन ।

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?