
दार्चुला । धनगढीदेखि बझाङ जादै गरेको बस आज विहान ठूलो दुर्घटनाबाट जोगिएको छ ।
धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज शुक्रबार विहान भीरमा अडकिदा ठुलो मानवीय क्षति हुनबाट जोगिएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।
अहिले बस निकाल्ने प्रयास भइरहेको बताइएको छ।