दार्चुला । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ४ हस्नापुरका ३६ वर्षीय साइकलयात्री डाटाप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा बा ७८प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया