हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा

दार्चुला । हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।  त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले हङकङलाई ७९ पराजित गरेको छ।

२ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले सबै ८ विकेट गुमाएर जम्मा १३४ रनमा बनायो।

दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले विशाल लक्ष्य दिन सफल भएको थियो।

नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए। कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?