विषादी सेवनबाट बैतडीमा एक जनाको मृत्यु

दार्चुला । बैतडीमा विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २ मडै गाउँका ५५ वर्षिय गंगा सिंह मडै रहेका प्रहरीले जनाएको छ ।

मडैले शुक्रबार राति साढे ८ बजे तरकारीमा प्रयोग हुने विषादी सेवन गरेका थिए। विषादी सेवनबाट बिरामी भएका उनलाई सोहि वडाको नागार्जुन क्लिनिकमा लगिएको थियो । अवस्था सामान्य भएर क्लिनिकबाट घर गएका मडैलाई आज शनिबार १२ बजे फेरी बढी भएर थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?