दार्चुृला । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बडीमालिका नगरपालिका वडा नम्बर ६ मा पर्ने जडाङ्गा नजिकै आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धका अन्दाजी ३५ वर्षीय बहादुर दानीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानी आफैले चलाएको सुदुरपश्चिम प्रदेश को ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




