निङ्गलाशैनी भगवतीमा ६ सय राँगा र बोकाको बलि

दार्चुला । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहितको जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा पशुको बलिदिने प्रचलन रहिआएको छ।

महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा सम्पन्न भएको हो। मन्दिरमा राँगा र बोकाको बलिसहित मेला सम्पन्न भएको निङ्गालशैनी धार्मीक सेवा समितिले जानकारी दिएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा करिब २ सय राँगा र ४ सय बोकाको बलि दिइएको निङ्गालशैनी धार्मीक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लामै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ।

त्यहाँका आम सर्वसाधरणले आफ्ना चाहाना पुरा हुन भनेर तथा दुःख, कष्ट, रोगबाट छुटकारा पाउँनका लागि भाकल गर्दछन्। सोहि भाकल अनुसार राँगा तथा बोकाको बलि दिने गर्दछन्। महासप्तमीमा श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र महाअष्टमीमा बलिदिने चलन रही आएको छ।

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा भने बलि दिइदैन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?