दार्चुला । दार्चुलाको मालिकार्जुनमा जारी जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिताको फाइनलमा भोलि विहान आयोजक र एक्सन स्टार युवा क्लब पासु बिच प्रतिस्पर्धा हुने भएको छ । आइतबार (आज) सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना भएको भलिवल प्रतियोगिता समय अभावका कारण भोलि समापन गर्ने निर्णय गरिएको हो ।
फाइनलमा विजयी हुनेले उपाधी हासिल गर्नेछ भने पराजितले द्धितिय स्थानमा चित्त बुझाउनेछ । तृतिय पुरस्कार भने कसैलाई नदिइने भएको छ । तेस्रोका लागि शैल्यशिखर २ देथला र मार्मा १ बिच प्रतिप्रर्धा भएकोमा दुबैले फर्जि खेलाडी समावेस गरेको पाइएकोले पुरस्कार नदिने निर्णय गरिएको आयोजक समिति अध्यक्ष माधवसिंह धामीले जानकारी दिनुभयो । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा दिपेन्द्र सिंह धामी स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबार उद्घाटन गरिएको थियो ।
मालिकार्जुन गाउँपालिकाको प्रायोजन र दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा बिजयादशमीको अवसरमा जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार, कप तथा मेडल सहितको खुल्ला अन्तर वडास्तरिय भलिवल प्रतियोगिता मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ प्रेमनगर खेलमैदानमा जारी खेलमा १६ टिमले सहभागिता जनाएका थिए ।
छैटौँ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलिले नगद रु. एक लाख १३ हजार ११३ सहित प्रमाणपत्र र द्धितिय स्थान प्राप्त गर्ने टिमले नगद रु. ५५ हजार ५५५ सहित प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया