दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ प्रेमनगर मडमा सञ्चालित छैटौँ दिपेन्द्र सिंह धामी स्मृति भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । मालिकार्जुन गाउँपालिकाको प्रायोजनमा दिपेन्द्र सिंह धामी स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता आज सम्पन्न भएको हो । फाइनल खेलमा आयोजक दिपेन्द्र धामी स्मृति प्रतिष्ठानले एक्सन स्टार युवा क्लब दुहुँ ५ पासुलाई ३–१ सेटको अन्तरले पराजित गर्दै उपाधि हात पारेको आयोजक समिति अध्यक्ष माधवसिंह धामीले जानकारी दिनुभयो ।
फाइनलमा पराजित भएको एक्सन स्टार युवा क्लब पासुले द्धितिय स्थान प्राप्त गरेको छ । तेस्रोका लागि शैल्यशिखर २ देथला र मार्मा १ बिच प्रतिप्रर्धा भएकोमा दुबैले फर्जि खेलाडी समावेश गरेको पाइएकोले दुबै टिमलाई तृतिय पुरस्कारको आधा आधा रकम वितरण गरिएको बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिम अर्थात आयोजकले नगद एक लाख १३ हजार ११३ सहित सिल्ड, मेडेल र प्रमाणपत्र प्राप्त गरेको छ । द्धितिय स्थान प्राप्त गर्ने टिम एक्सन स्टार युवा क्लब पासुले नगद ५५ हजार ५५५ सहित शिल्ड, मेडेल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता तृतिय भएको शैल्यशिखर २ देथला र मार्मा १ को टिमलाई समान ११ हजार १११ सहित शिल्ड, मेडेल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष धामीले बताउनुभयो ।
प्रतियोगितामा दिपेन्द्रसिह धामी स्मृति प्रतिष्ठानका खेलाडी बल्देब सिंह धामी सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगीतामा आयोजककै नबराज धामी बेष्ट स्पाइकर, एक्सन स्टार युवा क्लब पासुका असोक कार्की बेष्ट लिफ्टर र प्रेम कुवर बेष्ट लिब्रो घोषित भएका छन् । यस्तै मार्मा १ का निराजन विष्ट बेष्ट ब्लकर घोषित भएका छन् । उनीहरुलाई नगद सहित ट्रफी र मेडल प्रदान गरिएको छ ।
दार्चुलाको लेकम गाउँपालिका वडा नम्वर १ सर्मोली घरभएका राष्ट्रिय भलिबल टिमका खेलाडी राजेन्द्र सिंह विष्टलाई प्रतियोगिता सञचालनमा महत्वपूर्ण सहयोग गरेको भन्दै ५ हजार २० रुपैयाँ सहित सम्मान गरिएको छ । बिजया दशमीको अवसरमा जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार भएको खुल्ला अन्तर वडास्तरिय भलिवल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया