भारतको गुजरातमा नृत्य कार्यक्रममा हृदयघात हुँदा १० जनाको मृत्यु

दार्चुला । भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको मृत्यु भएको छ ।

नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ । नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ । मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन् जसमा सबैभन्दा कम उमेरका एक १३ वर्षका किशोर रहेका छन् ।

गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ । गुजरात सरकारले सार्वजनिक अस्पताल र सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई उच्च सतर्कतामा रहन सल्लाह दिएको छ ।

डाक्टरहरूले भक्तजनलाई केही समय नाचेपछि आराम गर्न र पुनः नाचलाई निरन्तरता दिन आग्रह गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?