दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको ब्याक लोडर तोडफोड भएको छ । गाउँपालिकाको वडा नं ६ को कार्यालय अगाडी राखिएको बा.प्र.०१–००४ क १२१६ नम्बरको ब्याक लोडरमा गयराति अज्ञात व्यक्तिले तोडफोड गरेको हो ।
ब्याक लोडरको चारैतिरको सिसाहरु फुटाएको र म्यूजीक सिस्टम समेत गायव गरेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो ।
तोडफोड कस्ले र किन गरेको हो पत्ता लागेको छैन् ।
गाउँपालिकाले यस्ता अपराधिक गतिविधिमा संग्लगन व्यक्ति समूहको यथासिघ्र खोजी गरि कानुनी कार्वाहिको दायरामा ल्याउन प्रहरी प्रशासन लाई अनुरोध गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया