दार्चुला । डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउबाको मृत्यु भएको हो।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री देउबाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल  पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो।

हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गरिरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?