बैतडीको डिलाशैनी गाउँपालिकाका निबर्तमान अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उहाँको आज बिहीबार बिहान निधन भएको हो ।

डिलाशैनी गाउँपालिका वडा नं ३ घर भएका ४५ बर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो । क्षयरोगबाट पीडित बोहराको उपचारकै क्रममा मृत्यु भएको हो । बोहरा गएको ३ बर्ष यता क्षयरोगबाट पीडित रहेका उहाँका भाइ भोजबहादुर बोहराले बताउनुभयो ।

नेकपा एमाले बैतडीको सचिवालय सदस्य समेत रहेका बोहराको घरमा श्रीमति दुई छोरा र दुई छोरी रहेका छन् । बोहराको शुक्रबार गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा बोहरा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?