चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन

दार्चुला । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज शुक्रबार बिहान ६८ वर्षको उमेरमा सांघाईमा निधन भएको छ।

हृदयाघातका कारण लीको निधन भएको चिनिया संचारमाध्यमहरुले जनाएका छन् । बिहिबार उहाँलाई अचानक हृदयाघात भएको र गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो ।

ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थियो । ली सन् २०१३ मा पहिलोपटक चीनको प्रधानमन्त्री बन्नुभएको थियो । चीनका राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाको दोस्रो वरियतामा रहनुभएका ली पछिल्लो समय सांघाइमा बस्दै आउनु भएको थियो । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?