दार्चुला । बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रबाट कण्डम चोरी भएको छ। बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा पनि क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ।
यसैबिच बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर कण्डम चोरी गरेको आरोपमा सुर्मा गाउँपालिका २ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका परेका छन् ।
उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोरेको प्रहरीलाई बताएको छ । बोहराले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।
सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङका डिएसपी भरत शाहले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




