अपिहिमालमा वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आजबाट वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । अपिहिमाल गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितिको सहजिकरणमा वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको हो ।

खेल टि–ट्वान्टी फरम्याट लिगकम नकआउटका आधारमा भईरहेको बताइएको छ । यस अघिको सुचनामा आयोजना गर्ने भनेको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा अरु पालिकाबाट टिम दर्ता हुन नसके पछि पालिकाले वडा स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ७५ हजार ५५५ नगद, मेडल, प्रमाणपत्र तथा ट्रफी, द्धितिय स्थान हासिल गर्ने टिमले नगद ५० हजार ५५५ मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टले ५ हजार नगद मेडल तथा ट्रफी, बेष्ट बलर, ब्याटर, इर्मजिङ प्लेयर २५ सयसहित मेडल तथा ट्रफी, म्यान अफ दी म्याच ५ सय नगद तथा ट्रफी मेडल प्राप्त गर्ने समितिले जनाएको छ ।

सायद १३ जना मानिसहरू  र मन्दिर को फोटो हुनसक्छ

सायद १० जना मानिसहरू, भिड  र मन्दिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?