युरोपियन लिग खेलिसकेका फलू डियाग्ने धनगढी एफसीमा अनुबन्धित

दार्चुला । धनगढी एफसीले युरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो ।

यसअघि धनगढी एफसीले नेपाली फुटबलमा प्रभाव पारेका ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ ।

युरोपको विभिन्न चर्चित क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाइन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग समेत खेलेका थिए ।

सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो ।

फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यवसायिक जीवन सुरु गरेका फलू डियाग्नेले जर्मन बुण्डेसलिगा क्लब फ़्राइवर्गबाट युरोपा लिग समेत खेलिसकेका छन् । त्यस्तै उनले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका थिए । फलाउसँग टर्किश र भारतीय फूटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

धनगढीसँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुशी छु । पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । अघिल्लो सिजन भारतमा खेलेको हुनाले नेपालको फुटबलको बारेमा थोरै भए पनि जानकार छु । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्‍याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ सम्झौतामा डियाग्नेले भन्नुभयो ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यूरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुशी व्यक्त गर्दै उहाको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने बताउनुभयो ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी ८ मङ्सिर देखि २१ पुषसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् ।

आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरुका थिए।
यस्तै धनगढीले अक्सनबाट साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन् ।

धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ।अनलाइनखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?