दार्चुला । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्। पाटन नगरपालिका–५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ आइरहेको म २ प ६९१६ नम्बरको मोटरसाइकल आज शनिबार बिहान एकआपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।
दुबै सवारी एकआपसमा ठोक्किदा मोटरसाइकल चालक मेलौली नगरपालिका–६ का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिप चालक अम्बादत्त पन्त र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भने घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया