दार्चुला । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको छ । आफ्नै ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति पक्राउ गरेको छ।
आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको बताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया