टी–२० विश्व कप छनोटका खेलमा नेपालले सिङ्गापुरसँग खेल्दै

दार्चुला । आजदेखि आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल सुरु हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।

यस्तै, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।

नेपाललाई यसपटक विश्वकपमा छनौट हुने स्वर्णीम अवसर रहेको छ । पछिल्लो सयम उत्कृष्ट लयमा रहेको नेपालले आफ्नै देशमा छनौट प्रतियोगिता खेल्न पाउँदैछ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?