कञ्चनपुरमा प्रहरी नायब निरीक्षक जुवाखालबाटै पक्राउ

दार्चुला । कञ्चनपुरमा नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन्। पदम थापा, पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका थापालाई निलम्बन गर्ने तयारी भइरहेको बुझिएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?