दार्चुला । बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सुन्दरखालीका अन्दाजी २३ बर्षीय चक्रराम लावड बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
दशरथचन्द नगरपालिका २ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका हुन् ।
बालुवा राखेको गोठमा गएर उनले ढोका लगाएर पासो लगाएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
सुन्दरखालीबाट उनी थलालगाउँ किन गए भन्ने कुरा खुलेको छैन् ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया