टि–ट्वेन्टी विश्वकप छनौट खेलमा आज नेपाल र ओमान भिड्दै

दार्चुला । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने ओमान पनि लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ ।

टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आजको खेल जित्ने टोलीले अर्को समुहको उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

अर्को समुहको निर्णायक खेलमा आज युएई र हङकङ तथा बहराइन र कुवेत भिड्नेछन् । यो समुहका दुई खेलबाट युएईको चार अंक छ भने बहराइन र हङकङको २–२ अंक छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?