दार्चुला । बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका वडा नम्बर ४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको भिरबाट लडेर मृत्यु भएको हो।
पुर्चौडी नगरपालिका वडा नम्बर १ नेटास्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गोमा गम्भिर घाइते भएकी थिइन्।
घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी लग्ने क्रममा गए राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया