डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाईते

दार्चुला । धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । जिल्लाको के.आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका वडा नम्बर ६ मा ग २ च २७७६ नम्मरको बोलेरो जिप अनियन्त्री भई दुर्घटना भएको प्रहरी चौकी तलकोटले जनाएको छ ।

मृत्यु हुनेमा सबै बाजुराको हिमाली गाउँपालिकाका रहेका छन । जसमा हिमाली गाउँपालिका ५ का २२ बर्षिया राधिका हमाल, बर्ष ३२ की धनसोभा बुढा, निज धनसोभा बुढाको ६ बर्षिया छोरा कबिन्द्र बुढा र सोही वडाका बिमला मलालकी ८ बर्षिया छोरी प्राथना मलाल रहेका छन ।

त्यसै गरी घाईते हुनेमा सोही गाउँपालिका ५ का बर्ष ३० का प्रकाश बुढथापा, बर्ष २३ का खोम बहादुर मलाल, बर्ष २४ का दान बहादुर बुढा, बर्ष २१ कि बिमला मलाल र बर्ष २१ का राज बहादुर मलाल रहेका छन । घाईते मध्य राज बहादुर मलालको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल सेतीमा खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाएको छ ।

चालकलाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?