टी–२० विश्व कप क्रिकेट छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दै

दार्चुला । आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’  मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?