दार्चुला । बैतडीमा करणीमा संलग्न रहेकी फरार प्रतिबादी महिला पक्राउ परेकी छिन्। हाडनाता करणी मुद्धामा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ रक्सौनकी ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन्।
जिल्ला अदालत बैतडीले धामीलाई २०७३ असार १८ गते १ वर्ष कैद सजाय तोकेपछि उनी फरार रहेकी थिइन्। फरार रहेकी धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घर ठेगानमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनलाई आज अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया