बैतडीमा खर काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ खुम्ताका कमलेश बोहराकी २२ बर्षीया श्रीमती सुनकला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।

आइतबार बिहान खर काट्न जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्। उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?