दार्चुला । भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।
बरामद गरिएका सामानहरूमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया