दार्चुला । कञ्चनपुरका छाडा पशु चौपाया(गाई) सँग मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिकाको वाणीमा शुक्रबार साँझ बा२ब ८९५० नम्बरको सरकारी मोटरसाइकल गाईसँग ठोक्किदा बैतडीको पुर्चौडी नगरपालिका–७ घर भएका २५ वर्षीय करन साउँद गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि सवार प्रकाश जोशी समान्य घाइते भएका छन् ।

गम्भीर घाइते भएका साउँद अछामको नापी कार्यालयका अमिन रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?