कैलालीको थुनामा मृत्यु भएका युवकको शव आफन्तले बुझे

दार्चुला । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका बेला मृत्यु भएका युवकको शव आफन्तले बुझेका छन् ।

हत्या अभियोगमा पक्राउ परेर थुनामै रहेकाबेला मृत्यु भएका धनगढी उपमहानगरपालिका वडा १६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सेट्टीको शव परीक्षणपछि आफन्तले बुझेको जानकारी दिनुभयो।

उहाँकाअनुसार मृत्युको घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?