महारुद्र देवताका पूजारी तीन दिनदेखि बेपत्ता

दार्चुला । बैतडीका एक जना पुरुष बेपत्ता रहेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ श्रीखण्ड जालाघरका ५८ वर्षीय माधव भट्ट कार्तिक २३ गते बिहीवार रातिदेखि बेपत्ता भएका हुन्।

खाना खाएर घरमा सुतेका भट्ट एक्कासी घरबाट बेपत्ता भएका उहाँकी बुहारी भागरथी भट्टले बताउनुभयो। रातिको समयमा घरबाट बेपत्ता भएका भट्टको खोजी कार्य जारी रहेको भएपनि अहिले सम्म फेला पार्न सकिएको छैन्। महारुद्र देवताका पूजारी समेत रहेका भट्ट हराएको बिषयमा प्रहरीमा खोजीकार्यका लागि निवेद समेत दिएको बुहारी भागरथीले बताउनुभयो ।

बेपत्ता भट्टको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय गुरुखोलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक देबबहादुर थापामगरले बताउनुभयो। बेपत्ता भट्टलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७१२६०७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?