धनगढीका सडकमा स्मार्ट बत्ती जडान

दार्चुला । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिदाँ अत्याधुनिक शहर जस्तै झिलीमिली देखिएका छन् ।

धनगढीको मोहना–अत्तरिया ६ लेन सडकखण्डको चौराहा भन्सार सडकखण्डमा सडक बत्ती जडान गरेसंगै रातमा झिलिमिली देखिन्छ । मोहनादेखि गेटासम्म पुर्ण रुपमा सडकबत्ती जडान भइसकेको छ ।

धनगढीको क्याम्पसरोड क्षेत्रमा सडक बत्तीसंगै शहरी क्षेत्रमा जडान गरिएका हाइमास्क लाइटहरुको चमकले अहिले उपमहानगरको शोभानै बढादिएको छ । उपमहानगरले सडक चौडा गर्नेदेखि हरियाली अभियानमा नागरिकसँग सक्दो सहकार्य रहेको छ । उज्यालो धनगढी अभियानलाई उपमहानगरबासीले पनि स्वागत गरेका छन् ।

सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले सडकबत्तीको उद्घाटन गरेसंगै यहाँका सडक पूर्णरुपमा उज्यालो बन्दै गएका छन् । धनगढीकै क्याम्पसरोडदेखि मनेहरा सडकखण्डमा समेत स्मार्ट सडकबत्ती जडान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?