डोटीमा ३ वर्षका बालकले जिते चिट्ठा उपहार कार्यक्रममा पल्सर मोटरसाइकल

दार्चुला । डोटी उद्योग वाणिज्य संघले आयोजना गरेको चिट्ठा उपहार कार्यक्रम ‘लक्ष्मीको नजर कसलाई रु’ मा ३ वर्षीय बालक सारांश भट्ट मुख्य विजेता वनेका छन् ।

आइतबार दिपायल पिपल्लामा खोलिएको चिट्टाबाट दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका सारांशले १५० सिसीको बजाज पल्सर मोटरसाइकल जितेका हुन् । उनको चिट्ठा नम्बर ४७४ रहेको छ ।

विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०८० को उपलक्ष्यमा खेलाइएको चिट्ठा उपहार कार्यक्रममा सारांशका बुवाले छोराको नाममा चिट्ठा काटेका थिए ।

चिट्ठा कार्यक्रममा शिखर नगरपालिका–१० का विक्रम नाथ दोस्रो भएका छन् । उनले ‘सामसुङ ग्यालेक्सी एजिरोफोरएस’ मोबाइल जितेका छन् । त्यस्तै, तेस्रो भएका शिखर नगरपालिका–२ मुडेगाउँका ऋषिराज जोशीले १० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले जानकारी दिनुभयो ।

कार्यक्रममा १० जनाले सान्त्वना उपहार पाएका छन् । सान्त्वना उपहार पाउनेहरूमा दिपायल सिलगढी नगरपालिका अनुजसिंह ठकुरी, सुनिता तिरुवा, वैष्णवी भुर्जी, धन बहादुर बादी, पदम देउवा, कृष्ण भण्डारी, दिनेश भण्डारी र सागर जोशी रहेका छन् ।

यस्तै, पूर्वीचौकी गाउँपालिका इसान खड्का र बोगटान फुड्सिलका तेज सम्राट बोहरा रहेका छन् ।

आइतबार खोलिएको चिट्ठा प्रतियोगिताका लागि एक हजार ५ सय कुपन मध्य एक हजार ४ सय ७५ कुपन बाँडिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विक्रम साउद जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?