बैतडीको पुर्चौडीमा एक घरमा आगलागी हुँदा ३० लाख बराबरको क्षति

दार्चुला । बैतडीमा एक घरमा आगलागी भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आगलागी भएको हो।

आइतबार राति साढे ९ बजेतिर भएको आगलागीबाट जोशीको घरमा रहेको अन्न, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

जोशीको दुई तले आठ कोठे कच्ची घरमा एक्कासी आगलागी भएको हो

समयमै आगलागी नियन्त्रणमा आउँदा मानवीय क्षति हुन नपाएको र आगलागीबाट ३० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?