दार्चुला । श्रीकोट युवा क्लवको आयोजनामा बैतडीको दोगडाकेदारमा जारी क्वालिटी कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। सोमबार सम्पन्न फाइनल खेलमा टिम रिखालीलाई ५२ रनले हराएर टिम न्वाली च्याम्पियन बनेको छ।
न्वालीले दिएको १३३ रनको लक्ष्य पन्छाएको रिखाली ७५ रनमा अलआउट भयो। उसका लव कार्कीले सर्वाधिक २१ रन बनाए। न्वालीका देव चन्दले ३ विकेट लिए ।
त्यसअघि चनैराज खेलमैदानमा पहिला ब्याटिङ गरेको न्वालीले ९ विकेटको क्षतिमा १३३ रन बनायो। जसमा गणेश कार्कीले २७ रनको योगदान गरे। रिखालीका निरज महरा र रोशन कार्कीले २र२ विकेट हात पारे।
न्वालीका देव चन्द म्यान अफ द फाइनल भएका स्कोरर जनक भाटले जानकारी दिनुभयो। यस्तै रिखालीका केशव भण्डारी बेस्ट बलर र न्वालीका अनिल कार्की बेस्ट ब्याटर भए।
उपाधि विजेता न्वालीले १० हजार र उपविजेता रिखालीले ३ हजारमा चित्त बुझाएको आयोजक श्रीकोट युवा क्लवका विनोद विष्टले बताउनुभयो। श्रीकोट युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया