दार्चुला । बैतडीमा एक पुरुष मृत फेला परेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का ५० बर्षीय नरेन्द्रबहादुर ऐर मंगलबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल मृत अवस्थामा आज बिहान फेला परेका हुन् ।
उनको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया