बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

दार्चुला । बैतडीमा एकै दिन छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका ७ ओझागाउँका अन्दाजी ३८ बर्षीय लोकेन्द्र ओझा मृत फेला परेका छन्।

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनि हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।

मेलौली नगरपालिका ७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करीब ५ मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ ।

ओझाको मृत्युको कारण भने खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै भीरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० बर्षीय नरेन्द्रबहादुर ऐरको मृत्यु भएको छ ।

सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?