कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुई लगाउँदा ४ वर्षीय बालकको मृत्यु

दार्चुला । कैलालीमा क्लिनिक सञ्चालकका भाइले सुई लगाएका एक बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दले बताउनुभयो ।

बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । बालकलाई सुई लगाउने धनगढी उपमहानगरपालिका १३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएको थिए ।

ज्वरो आएपछि उपचारका लागि मंगलबार साँझ ६ः३० बजे क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले बालकलाई सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भएको थियो ।

धामी दाजु भाइविरुद्ध इलाज सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?