नेपाली महिला टोली हङकङसँग ५६ रनमा अलआउट

दार्चुला । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा नेपाल घरेलु टोलीविरुद्ध ५६ रनमा अलआउट भएको छ ।

नेपाली टोलीले १८ ओभरमा सबै विकेट गुमाएको हो । नेपालको पालीमा रुविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पूजा महतो ४, सीता रानामगर ९, सम्झना खड्का १ र विन्दु रावलले १ रन बनाए । कप्तान ईन्दु वर्मा र काजल श्रेष्ठले खाता खोल्न सकेनन् ।

चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत नेपाल र हङकङको खेल भइरहेको छ । टस जितेर पहिले नेपालले ब्याटिङ गरेको थियो ।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्नेछ ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?