विश्वकप छनौटमा युएईसँग नेपाल पराजित

दार्चुला । फिफा विश्वकप फुटबलको छनौट खेलमा नेपाललाई युएईले हराएको छ । विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनौटमा नेपाललाई युएईले ४–० ले हराएको हो ।

दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियो लिमाले एक-एक गोल गरे।

१५ हजार दर्शक क्षमता रहेको दुबईको अल मक्तुम स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो। यूएईका लागि खालिफा मुबारक अल्हाम्माडीले खेलमा गोलको खाता खोलेका थिए। अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै उनले यूएईलाई १-० ले अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। उनले पेनाल्टीमा युएइका लागि दोस्रो गोल गरेका थिए। त्यसैगरी खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि तेस्रो गोल गरे। पेनाल्टी बक्सभित्र दुई जनाले हेड मार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्यापेको बलले जाली चुमेको थियो।

त्यस्तै, खेलको इन्जुरी समयको पहिलो मिनेटमा फाबियो भर्जिनियो लिमाले गोल गर्दै पहिलो हाफसम्म युएईलाई ४-० ले अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्स भित्र चिप गरेको बल गोलमा परिणत भएको थियो। उनले अबडाला रमादान बेखिटको क्रसमा नेपाली गोलरक्षक किरणलाई विपरीत दिशामा डाइभ गर्न लगाउँदै उक्त गोल गरेका थिए।

दोस्रो हाफको खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही खतरनाक आक्रमणलाई विफल पारेका थिए। खेलको ४७औं मिनेटमा नेपालका आशिष चौधरीले पहेंलो कार्ड बेहोरेका थिए। उनले युएईका गोलकर्ता फाबियो भर्जिनियो लिमालाई फाउल गरेका थिए।

नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो। मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार युएईका गोलरक्षकले मुस्किलले बचाएका थिए।

पहिलो चरणको खेलमा लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दोस्रो चरणमा नेपालको समुहमा युएई, बहराइन र यमन रहेका छन् । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले समुहको दोस्रो खेलमा यही मंसिर ५ मा गते यमनसँग काठमाडौंमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?