बैतडीको डिलाशैनीमा खसी चोर्ने एक जना पक्राउ

दार्चुला । बैतडीको डिलाशैनीमा खसी चोर्ने एक जना पक्राउ परेका छन् ।

बिहीबार राति ९ बजेतिर डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्ती बस्ने देवसिंह साउँदको गोठबाट खसी चोर्न खोज्ने सोही वडाको लेट्ठेकोठ बस्ने २२ बर्षीय गोपाल नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरुको सहयोगमा साउँदले नियन्त्रणमा लिएका र पछि प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।

पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

नाथ यसअघि पनि छिमेकीको सुन चोरेको आरोपमा गत साउनमा समेत पक्राउ परेका थिए । उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?