दार्चुला । बैतडीमा जीप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको वडा नम्बर ८ कालागाँउका ३५ वर्षिय अमर विष्ट रहेका छन् ।
कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको छ ।
गम्भीर घाइते हुनेमा दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी ३० बर्षीया कलावती बिष्ट र ४५ बर्षीया हिरा बिष्ट रहेका छन् । उनीहरुको दुवैको टाउको र छातीमा चोट रहेको छ ।
यस्तै दुर्घटनामा परी दोगडाकेदार ८ कटौंजपानीकै ६० बर्षीय पदम बिष्ट, ७ बर्षीया सुशीला बिष्ट र ४ बर्षीय रियाज बिष्ट पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा ल्याइएको छ ।
जिप चालक दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीका सुरेन्द्र बिष्ट फरार रहेका र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो।
उकालोमा ब्रेक फेल भएर २० मिटर पछाडि आएर जिप सडकमै पल्टिएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया