एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

दार्चुला । एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा दिउँसो सवा २ बजे खेल हुनेछ ।

अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ भने चार पटक फाइनल पुगेको भारतले दुई पटकमात्रै जितेको छ । अष्ट्रेलिया ८ पटक फाइनल पुगिसकेको छ ।

यसअघि २० वर्षअघि २००३ मा यी दुई टीम फाइनलमा आमनेसामने भएका थिए । त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।

जारी विश्वकपमा भारत अहिलेसम्म अपराजित छ । समूह चरणको खेलमा अष्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

सेमिफाइनलमा भारतले न्युजिल्यान्ड र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?