बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला । बैतडीमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ५ कुमालीका ४५ वर्षीय नरेश जोशीको घर नजिकैको गुल्याभिटो भिरबाट लडेर मृत्यु भएको हो ।

जोशी  कार्तिक ३० गते घरमा कसैलाई जानकारी नदिई हिडेका थिए । उनको खोजी गर्दा आईतबार गुल्याभिटो भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताउनुभयो ।

जोशीको शव जिल्ला अस्पताल बैतडीमा पोष्टमाटमपछि आफन्तलाई बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?