दार्चुला । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार बिहान ११ः३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन्। बझाङलगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया