दार्चुला । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ घर भइ भीमदत्त नगरपालिका ३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई मंगलवार पत्रकार सम्मेलनमार्फत उनिहरुलाई सार्वजनिक गरेको हो ।
साउँद र जोशीले बेदकोट नगरपालिका–७ को लालपुर सहित कञ्चनपुर जिल्लाभर सर्वसाधारण तथा व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम असुली गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताउनुभयो ।
उनीहरूलाई विषेश सूचनाका आधारमा पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी डाँगीले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया